गल्ती स्वीकार गरेर आउँछन् भने ओलीलाई स्वागत गरिन्छ : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरेका छन् । गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उनको भनाई छ । उनले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने धारणा राखेका छन् ।

नेता नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।

Loading...