कर्णालीका मुख्यमन्त्री र मन्त्री शाहीलाई कालीकोटमा कालोझण्डा

कालीकोटमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही र भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाहीलाई कालोझण्डा देखाइएको छ ।

स्थानीय तहको बजेटसभामा सहभागी हुन कालीकोट पुगेका मुख्मन्त्री र मन्त्रीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् । विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार