प्रभु साह प्रमुख अतिथि रहेको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच झडप भएको छ । नगर सभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

प्रभु साह प्रमुख अतिथि रहेको नगरपालिकाको पाँचौं नगरसभामा साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो । साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ । मौलापुरको मेयर रीनाकुमारी साह हुन् । उनी प्रभु साहकी पत्नी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार