स्पेनमा हुने तय भएको त्रिदेशीय सिरिज २०२२ को जुलाईसम्म स्थगित

स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय सिरिज कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्थगित भएको जनाएको छ । नामिबिया टोली कोरोना कारण प्रभावित भएको छ । जसको असर अभ्यास र यातायातमा कठिन भएपछि स्थगित हुन पुगेको हो ।

अब यो सिरिज जुलाई २०२२ मा हुने आइसीसीले जनाएको छ । यही सिरिजका लागि नेपालले शुक्रबार २० सदस्यीय टोली घोषणा गरेर मंगलबारबाट बन्द प्रशिक्षण थालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार