सन्तोषी सुब्बाको हत्यामा संलग्न २९ वर्षीय तिमल्सिना सार्वजनिक

दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको हो । उनी गाडीको सहचालक रहेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछिअभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए । तिमल्सिनाले त्यहीँ जबरजस्ती करणी गर्न खोजेपछि सुब्बाले प्रतिकार गर्न खोजेपछि तिमल्सेनाले घाँटी अँठ्याएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिमल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए। हत्या पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए। प्रहरीले उनलाई काठमाडौं –२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार