एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको हृदयघातका कारण मृत्यु

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को हृदयघातका कारण मृत्यु भएको छ । उनको बगनासकाली गाउँपालिका १ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

शुक्रबार बेलुकी ६:१५ बजे हृदयघात भएपछि उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो । पाण्डेको शव लुम्बिनी मेडिकल कलेज, प्रभासमा राखिएको छ ।

पुर्व एमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डे पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेतामा पर्छन् । उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा पराजित भएका थिए । मृतक पाण्डेका २ छोरा र श्रीमती छन् ।

सम्बन्धित समाचार