कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जगेवु बने मन्त्री

मन्त्री छनोटका लागि माओवादी छलफलमै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् । दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।

सम्बन्धित समाचार