प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न तीन बजे बस्नगरी बैठक बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
सो विधेयक प्रस्तुत गर्न अनुमति प्रस्तावमाथि सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालबाट प्राप्त विरोधका सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि रहेको छ ।
आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् ।
त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरी विधेयकमाथि प्राप्त संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि उक्त विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि बुधबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि स्थगित भएको थियो ।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण उनले राजीनामा दिनुपर्ने माग राखेर एमालेले सदन अवरूद्ध पारेको थियो ।