आफ्नै घरमा मृत भेटिए अभिनेता सारुक ताम्राकार

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । बुबा आमासँगै बस्दै आएका उनले बाबु आमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।

कलाकार तथा फिल्म इन्डस्ट्रिजहरूले सारुकप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।

सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका छन् ।

सम्बन्धित समाचार