डिशहोम टिभी अब सिधै मोबाइलमा

काठमाडौँ । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप डिशहोम गो सञ्चालन गरिरहेको छ ।  हाल सेट टप बक्समा मात्र सीमित टिभी च्यानलहरूलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो ।
१५० भन्दा बढी लाइभ टिभी च्यानलहरू यो एपमा हेर्न सकिने जनाइएको छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रसारण भएका कन्टेन्टहरू हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ । डिशहोमले आफ्ना ग्राहकहरुलाईमात्र उपलब्ध गराइरहेको डिशहोम गो मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ ।
 ‘डिशहोम गो एपमा लाइभ टिभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा गानिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरू हेर्न सकिने बताइएको छ । कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरू पनि थप्दै जाने योजना बनाई रहेको छ ।
यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
सम्बन्धित समाचार