काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छिन् ।
धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गरेकी छन् । हर्क साम्पाङको श्रम शिविरस्थल पुगेकी उनले केही थान साबेल पनि सहयोग गरेकी छिन् ।
एलिजा कलाकार पनि हुन् । उनी २०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन् ।