बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक सय रुपैयाँले बढेको छ । बुधबार १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै आज तेजावी सुनको मूल्य समेत तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार १५० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।