प्रधानमन्त्रीले असहयोग गरेपछि, अनुसन्धान गर्न अख्तियारलाई पत्र लेख्ने तयारी

मन्त्री पद गुमाएरै भएपनि भष्ट्रलाई नछाड्ने मनस्थितीमा मन्त्री किराँती

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कारबाही गर्ने तयारी गरेका छन् । आफु प्रधानमन्त्री प्रचण्ड परिवारको असाध्यै निकट रहेको बताउँने अधिकारीले मन्त्रीले सोधेको स्पष्टिकरणको जवाफ दिन्न भनेपछि मन्त्रीस्तरीय निर्णयबाट कारबाहीको तयारी भएको हो । अधिकारीले प्राधिकरणको महानिर्देशकको जिम्मेवारीमा रहेर चरम अनियमितता गरेको भन्दै मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डको अस्वभाविक हिमचिममा रहेका अधिकारीले गरेको चरम अनियमितताबारे प्रचण्ड मौन बसेपछि किराँती आफैले अधिकारीलाई कारबाहीको तयारी गरेका हुन । उनले प्रधानमन्त्री प्रचण्डसँग तालुकवाला निकायले प्रक्रिया पुर्‍याएर सोधेको स्पष्टीकरणको जवाफ नदिने हो भने आफू मूकदर्शक नबन्ने भन्दै यसबारे एक्सन लिन आग्रह गरेका थिए । । तर, किराँतीलाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा अधिकारीले स्पष्टीकरणको जवाफ नदिएकोबारे छलफल गर्ने आश्वासन दिएपनि यसबिषयमा क्याबिनेटमा कुनै छलफल नभएपछि यस्तो निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।

गएको सोमबार मन्त्री किराँतीले सोधेको स्पष्टिकरण लगत्तै प्रधानमन्त्रीपुत्री गंगा दाहालमार्फत प्रधानमन्त्रीलाई भेटेर अधिकारीले किराँतीले सोधेको स्पष्टिकरणको जवाफ नदिने बताएको अधिकारी निकट स्रोतको भनाई छ । यद्यपी प्रधानमन्त्री निकट स्रोतले भने स्पष्टिकरण दिन प्रधानमन्त्रीले भनेकाले अधिकारीले स्पष्टिकरण दिने बताएको थियो । तर, अधिकारीले मन्त्रीले सोधेको स्पष्टिकरणको अवज्ञा गरे । बरु सेटिङमार्फत ठेक्का पट्ठा गरेर चरम अनियमितता गरेको आरोप लागेका अधिकारीले यहि बीचमा झण्डै ४ अर्बको अर्को ठेक्का आफ्नै श्रीमतिको समेत लगानी रहेको कम्पनीलाई जिम्मा लगाएका छन ।

अधिकारीले सरकारको आदेश अवज्ञा गरेपछि मंगलबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको थियो । तर, यसअघि नै प्रधानमन्त्रीको परिवारसँग भएको साँठगाँठका आधारमा उक्त बैठकमा अधिकारीले स्पष्टीकरण नदिएको विषयबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेनन् । प्रधानमन्त्री प्रचण्डले प्राधिकरण भित्र चरम अनियमितता हुदाँ समेत यसलाई बेवास्ता गरेपछि मन्त्री किरातीले मन्त्रीस्तरीय निर्णय गरेर यहि हप्ता कारबाहीको सिफारिस गर्ने तयारी गरेको बुझिएको छ । मन्त्रालय निकट स्रोतका अनुसार कारबाही लगत्तै महालेखाको प्रतिवेदनलाई आधार बनाएर महानिर्देशक अधिकारीविरूद्ध कारबाहीका लागि अख्तियारमा फाइल पठाउने तयारी मन्त्री किराँतीको छ ।

मन्त्री किरातीले गतहप्ता जनस्तरबाटै उठेका विभिन्न आरोप समेटेर अधिकारीलाई सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए। प्राधिकरणका विभिन्न आयोजना प्रमुखलाई बोलाएर प्रधानमन्त्री परिवारका लागि कोसेली माग्दै प्रचण्ड परिवारलाई खुसी पारे अरुले केहि गर्न नसक्ने बताएका अधिकारीले सात दिन दिएको समय सकिँदा पनि स्पष्टीकरणको जवाफ बुझाएनन् । अधिकारीले प्रचण्ड परिवारको साथ रहेकाले किराँतीले केहि गर्न नसक्ने भन्दै कारबाही भोग्न तयार भएको भनाई विभिन्न सञ्चारमाध्ययामहरुमा दिईरहेका छन ।

प्रचण्ड सरकारले केही गर्न नसक्ने भन्दै अधिकारीले बुझाएनन् स्पष्टीकरणको जवाफ

दर्जनौँ आरोपले डामिएका डिजी जोगाउन प्रधानमन्त्री पुत्री लागेकै हुन ?

नागरिक उड्ययन प्राधिकरणका डीजीलाई भेटेर प्रधानमन्त्रीले भने-‘तपाईलाई कारबाही हुन्छ’

कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो

गलत नियतले अधिकारीले गरेको निर्णय अवज्ञा गर्दा लुक्ला जाने यात्रु रुम्जाटार

अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी

बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

पर्यटनमन्त्री किराँतीको आशालाग्दो संकेत, महानिर्देशकलाई भने- अख्तियार पठाउँछु

ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

आफैँलाई बढुवा गर्न बदनाम महानिर्देशकको नियमावलीविपरीत काम

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

सरकारले सोध्यो उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन

बालेनलाई स्पष्टीकरण सोधेका अधिकारी भन्छन् – सरकारले सोधेका प्रश्नको जवाफ मैले दिन्न

सम्बन्धित समाचार