इटहरीको मुख्य चोकमा टिप्परको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।
मंगलबार दिउँसो कान्छाराम कन्ट्रक्सनको ना१ख ९१०७ नम्बरको टिप्परको ठक्करबाट को१४प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ वर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो ।
सरिताकी २२ वर्षीया छोरी अनुष्का घाइते भइ विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा गएराती उनको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
घटनापछि प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छाड्नु परेको थियो भने दुई प्रहरी घाइते भएका छन् ।