माधव नेपाल निकट राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो ।

गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो । सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ । राई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।

राईले भने नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको दावी गरेका छन् । संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियूको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार