अन्तर्राष्ट्रिय उडान भोलिबाटै सुरु हुने, तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय उडान बिहीबार (भोलि) देखि नै शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जारी सूचना अनुसार भोलि नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ ।

त्यस्तै २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छ भने टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी अन्तराष्ट्रिय उडान तालिका

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार