देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिमाथि छलफलका लागि विपक्षी गठबन्धनको बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा गठबन्धनको बैठक सुरु भएको हो ।

बुधबारबाट नै प्रतिनिधिसभा विघटनविरुद्ध र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्नुपर्ने रिटमाथिको नियमित सुनुवाइ सुरु भएको छ । यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीका कदमका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको भन्दै संयुक्तरुपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको गठबन्धनले बताएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार