चितवनमा कार र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन गम्भिर घाइते

Sunrise Bank Middle Size

चितवनमा कार र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ दासढुंगामा बुधबार (आज) भएको दुर्घटना परि कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षीय रामकृष्ण भुजेलको मृत्यु भएको हो । उनीहरुको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दिउँसो ४ः२५ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेमा कार चालक लम्जुङ मध्यनेपाल नगरपालिका–७ बस्ने ४२ वर्षीय पदम सापकोटा, स्याङजा बिरुवा गाउँपालिका–३ बस्ने ४२ वर्षीय प्रसाद थापा र तनुहँ व्यास नगरपालिका–६ बस्ने ४० वर्षीय जसमान परियार रहेका छन् ।

गम्भिर अवस्थामा रहेका उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...