रूपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी प्रधान रिहा

टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।

सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा प्रधानलाई रिहा गरिएको हो । यसअघि प्रहरीले प्रधानलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार