रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गएराति रोल्पा नगरपालिका –९ होमामा टिका सिंह बुढा मगरको घर बगाउँदा तीन जनाको ज्यान गएको हो ।

पहिरोले बुढामगरकी ८६ वर्षीया आमा करती बुढामगर, १८ वर्षीया बुहारी सुशीला बुढा मगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो । ६ जनाको परिवार रहेकोमा बुढामगर, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार