प्रहरीको जिल्ला नेतृत्वमा हेरफेर, हेर्नुहाेस् को कहाँ ?

नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । एक वर्ष कार्यअवधि पूरा गरेकाहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवा गरेका हुन् । सरुवासँगै १५ जिल्लाका प्रहरी प्रमुख फेरबदल भएको छ ।

मंगलबार साँझ प्रकाशित सूचीअनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीमा एसपी रमेश थापा, भक्तपुरको जिम्मा एसपी शिवकुमार श्रेष्ठ, रुपन्देहीमा मनोजकुमार केसी, मोरङमा जनार्दन जिसी, र कैलालीमा विश्व अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै बाँकेमा बाँकेमा श्यामकृष्ण अधिकारी, सुनसरीमा सञ्जय सिंह, सिराहामा हिराबहादुर पाण्डे, कलिवस्तु दानबहादुर कार्कीलाई प्रहरी प्रमुख तोकिएको छ ।

त्यसैगरी, तनहुँमा दिनेशराज मैनाली, धनकुटामा नकुल पोखरेल, सुर्खेतमा पदमबहादुर विष्ट र इलाममा महेन्द्र श्रेष्ठ, दाङमा सुरेशप्रसाद काफ्ले र उदयपुरमा सुवासचन्द्र बोहोरालाई पठाइएको छ ।

को कहाँ ? सूची हेर्नुहाेस्

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार