समाधान भयो नेपाल टेलिकमको फोन नलाग्ने समस्या

नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या हटेको छ । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि देशैभर मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।

टेलिकमका डेपुटी म्यानेजर तिलक शर्माका अनुसार बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको छ ।

‘कल आवागमनमा समस्या थियो, मर्मतपछि समाधान भइसक्यो,’ उनले भने ।

टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले देशैभर एकैपटक यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार