जाजरकोटमा भिरबाट लडेर वडा सदस्यको मृत्यु

भिरबाट लडेर घाइते भएकी जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार