कोटा तोकेर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाइ उडान खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि भने सरकारले कोटा तय गरेको छ । सरकारले आन्तरिक उडान खुला गरेसँगै दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ।

सरकारले एकएक उडान भएको दोहा, स्तानबुलको उडानलाई बढाएर सातामा चारवटा हुने निर्णय गरेको छ।

यस्तै सरकारले तय गरेको कोटा अनुसार :

–काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई गरी हप्तामा चार उडान हुनेछ ।

–काठमाडौँ–इस्तानबुल रुटमा टर्कीको वायुसेवाबाट हप्तामा २ उडान हुनेछ ।

–काठमाडौँ–दुबई रुटमा नेपाली वायुसेवाको २ उडान र संयुक्त अरब इमिरेट्सबाट सम्बन्धित मुलुकको वायुसेवाको २ गरी हप्ताको चार उडान हुनेछ ।

–काठमाडौँ–दमाम रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ ।

–काठमाडौँ–कुवेत सिटी रुटमा कुवेतको वायुसेवाको हप्तामा २ उडान हुनेछ ।

–काठमाडौँ–मस्कट रुटमा ओमानको वायुसेवाको हप्तामा १ उडान हुनेछ ।

–काठमाडौँ–क्वाललम्पुर रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ र मलेसियाको वायुसेवाको २ गरी हप्तामा ४ उडान हुनेछ ।

– काठमाडौँ–सियोल रुटमा दक्षिण कोरियाको वायुसेवाबाट हप्तामा १ उडान हुनेछ ।

– काठमाडौँ–टोकियो रुटमा नेपाली वायुसेवाको हप्तामा १ उडान हुनेछ ।

– काठमाडौँ–छेन्दु र काठमाडौँ–ग्वानझाओ रुटमा नेपाली वायुसेवाको १–१ र चीनको वायु सेवाको १–१ गरी हप्तामा २–२ उडान हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार