मधेसको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएन : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयसम्बन्धी बजेट तर्जुमा गर्दा तराई–मधेसलाई प्राथमिकता नदिइएको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले मधेसका ऐतिहासिक, पौराणिक र महत्वपूर्ण सम्पदा, मठ, मन्दिरलाई पर्यटन पूर्वाधारका रुपमा विकसित गर्ने गरी सरकारले कुनै बजेट र कार्यक्रम नल्याएको बताए ।

यसअघिको बैठकमा छलफल सुरु हुँदा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदहरुलाई उपलब्ध नगराइएको जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीबाट सो कार्यालयको शीर्षक हटाएपछि बैठक सञ्चालन भएको थियो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार