पूर्व प्रधानमन्त्री चन्दलाई पत्नी शोक

 पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार