धादिङको गल्छीमा भारतीय बस दुर्घटना, १५ जना घाइते

 काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो । 

बसमा ३० जना यात्रुहरु थिए  तीमध्ये १५ जना घाइते भएका छन् भने एक जना बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाका कारण सडकमा सवारी जाम भएपछि दुर्घटनास्थलमा प्रहरी परिचालन गरी यातायात सञ्चालन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार