गोरखा जिप दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

एकै गाउँका ५ जनाको मृत्यु

सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जिप दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको मृत्यु पहिचान खुलेको छ ।

गोरखा जिल्ला प्रहरी कार्यालयका डीएसपी लीलाराज लामिछानेका अनुसार दुर्घटनामा जिल्लाको सहिद लखन गाउँपालिका–५, पोखरीडाँडाका १८ वर्षीय निरज थापा, सोही ठाउँका वर्ष २२ का प्रविन थापा, सोही ठाउँकी १७ वर्षीया नविना थापा, सोही ठाउँका ६५ वर्षीय धनबहादुर थापा र २४ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दिपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तनहुँस्थित आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार