टाईटनिक पर्यटन पनडुब्बी विस्फोट भएको पुष्टि, दुई अर्बपतिसहित ५ जनाको मृत्यु

टाईटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ ।  टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरूलाई मृत्यु घोषणा गरिएको हो ।
मृत्यु हुनेमा हमिस हार्डिङ, स्टकटन रश, शाहजादा र सुलेमान दाउद, र पल हेनरी नार्गोलेट छन् । शाहजादा र सुलेमान दाउद पाकिस्तानी मूलका अर्बपति बाबुछोरा हुन भने स्टकटन रश  बेलायती अर्बपति हुन ।

सो सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, ‘बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको छ ।’

राेयटर्सका अनुसार क्यानडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो,’ अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने।

‘६.७ मिटरका टाइटनका पाँच वटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन् ? भनेर कुनै उल्लेख गरिएको छैन।

‘यो भग्नावशेष क्षेत्र वाहनको एक विनाशकारी विस्फोट सँग सबन्धित छ,’ मोगरले भने ।

संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनको पर्यटक बोकेको पनडुब्बी गत आइतवार बिहान सम्पर्क विच्छेद हुन पुगेको थियो । समुन्द्रको गहिराइमा प्रवेश गरेको २ घण्टा ४५ मिनेटमा नै सम्पर्क विच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतवार देखी नै पाँच राष्ट्रका पनडुब्बी विज्ञहरूले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरू फेला परे पछि विस्फोट भएको पुष्टि भएको हो ।

कोस्ट गार्डको प्रेस सम्मेलन अघि नै ओशनगेटले एक विज्ञप्ति जारी गर्‍यो थियो कि, ‘टाइटनमा सवार पाँच जना व्यक्तिहरू मध्ये कोही पनि बाँचेनन्,’   उक्त पनडुब्बीमा दुई पाकिस्तानी मूलका अर्बपती बाबुछोरा, बेलायती अर्बपति र पाइलटसहित पाँच जना सवार थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार