आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

चट्याङ, बाढीपहिरो, डुबानबाट बच्न सुझाव

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङ्सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षा र मेघ-गर्जन/चट्याङ्का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार