प्रतिनिधिसभा बैठक : आज सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूको प्रश्नको जवाफ दिँदैछन् ।

प्रश्नउत्तरको लागि हरेक समूहका १५ सदस्य रहने गरी वर्णानुक्रमअनुसार १७ समूहमा विभाजन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँग हरेक महिना प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रम गत महिनाबाट सुरु भएको हो ।

त्यसै गरी बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत आज चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । आज संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफलको हुनेछ ।

बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार