एकीकृत समाजवादीका सांसदहरुको अडान : यथास्थितिमा बजेट पास हुन्न

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनले बताए । उनले असन्तुलित विषयलाई सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा ब्यक्त गरे । बजेटको छलफलका क्रममा संसद्मा समेत अर्थमन्त्रीले संशोधन गर्ने सङ्केत देखाउनुभएकाले आफूहरू संशोधन हुनेमा सकारात्मक रहेको उनको भनाइ छ ।

उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटिबढी नहुने भन्दै बजेट पनि सामान रूपमा वितरण हुनुपर्ने उल्लेख गरेका छन् । बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सबै सदस्यहरूले कडा रूपमा धारणा राखेको पाण्डेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार