चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु

चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियास्थित एक रेष्टुरेन्टमा विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गए राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।

घटनामा सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरि उपचार सुरु गरिएको चीनियाँ सञ्चार माध्यमले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार गर्न तथा उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार