रास्वपाले पहिलो स्थापना दिवस मनाउँदै

संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार (आज) पहिलो स्थापना दिवस मनाउँदै छ । अघिल्लो असार ७ गते राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरिएको थियो । असार ७ गते पार्टी घोषणा भए पनि निर्वाचन आयोगमा भने रास्वपा असार १७ गते दर्ता भएको हो।

रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनाएका छन्।

सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार