विश्वकप छनोट : नेपालले आज विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्दै

आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज (बिहीबार) विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ ।

चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुनेछ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समीक्षकहरूले नेपालले गौरव गर्नु पर्ने टिप्पणी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार