घरजग्गा बिक्री गर्दा हुने लाभ करमा साविककै कानुनी व्यवस्था कायम

आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जानकारी दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो जानकारी दिएको हो । आर्थिक विधेयक, २०८० को दफा २९ का विषयमा द्विविधा भएको जनाउँदै स्पष्ट गरिदिन अनुरोध आएपछि विभागले स्पष्ट पारेको हो ।

‘प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत वा ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा जानकारीको लागि अनुरोध छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार