काठमाडौं महानगरले रोक लगाएको शैक्षिक मेला गर्न बाटो खुला

हस्तक्षेप नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई शैक्षिक मेला गर्न बाटो खुला भएको छ ।

न्यायधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले दिएको आदेशअनुसार ३२ गतेदेखि अवरुद्ध बनेको शैक्षिक मेलालाई निरन्तरता दिने बाटो खुलेको छ ।

अदालतको आदेशसँगै आयोजक हिसानले शुक्रबार ८ गतेदेखि ३ दिनसम्म मेला सञ्चालन गर्ने जनाएको छ । अदालतले काठमाडौं महानगरपालिकाको मेला सञ्चालनलाई अनुचित रुपमा अवरोध गर्ने र सामग्रीहरु कब्जामा लिने कार्य प्रथम दृष्टिमा नै वैध मान्न नसकिने जनाएको छ ।

एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो ।

सोमबार महानगरले शिक्षा मेलामा रोक लगाएकोविरूद्ध हिसानको तर्फबाट उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार