घट्यो हवाई भाडादर (सूचीसहित)

हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ ।

निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । निगमले हवाई इन्धनको मूल्य ६.३ प्रतिशतले घटाएको हो । प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ । सोही अनुसार काठमाडौंबाट धनगढी उड्दा इन्धन खर्च मात्र ६ हजार ६२५ कायम हुन्छ ।

हवाई भाडादरको नयाँ सूची–

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार