स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार