बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरु अदालतमा

नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघले पाटन उच्च अदालतमा रिट दर्ता गरेका हुन् । उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् ।

मेयर शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको भन्दै उक्त संवाद नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र सञ्चालन हुन नदिने घोषणा गरेका थिए।

मेयर शाहको उक्त घोषणापछि सोमबारदेखि काठमाडौँ महानगरसहित देशका विभिन्न स्थानमा भारतीय चलचित्रको प्रदर्शन रोकिएको छ।

बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् ।  यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार