मंगलबार थप ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

नेपालमा मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २०४ पिसिआर र ४ हजार ७०९ एन्टीजेन परिक्षणका क्रममा थप ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ८१३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ४ हजार ९५४ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ५ लाख ६४ हजार ८८२ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म ३२ लाख ८८ हजार ५३ वटा नमुनाको पीसीआर र १ लाख ५१ हजार ५९२ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार