पैसा पाउने सहमतिपछि कृषि बिमालेख बिक्री पुनः सुरु

काठमाडौँ । बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए । अहिले सरकारले बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमालेख बिक्री सुरु गरेका हुन् ।

२०७७ सालदेखि कृषि बिमाको अनुदानबापत सरकारले दिनुपर्ने करिब ३ अर्ब बाँकी रहेपछि बिमा कम्पनीहरुले जेठ ७ गतेदेखि कृषि सम्बन्धी बिमालेख जारी गर्न बन्द गरेका थिए । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयूक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको र कृषि बिमा लेख जारी गर्न आग्रह गरेको नेपाल बिमक संघले जनाएको छ ।

सो आग्रहपछि असार मसान्तसम्मको लागि बिमालेख असार मसान्तसम्म जारी गर्ने निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको हो । असार मसान्तसम्म अनुदान रकम प्राप्त नभएमा पुनः बिमालेख बन्द गरिने संघले चेतावनी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार