सरकारका सबै वेबसाइट ‘डाउन’, अन्तर्राष्ट्रिय उडान प्रभावित

सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका छन् । मंगलबार साँझदेखि सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका हुन् ।

‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट ‘डाउन’ भएपछि वेबसाइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा प्रभावित भएका छन् । वेबसाइट ‘डाउन’ हुनुको कारण भने खुलेको छैन ।

सर्भर डाउन भएपछि अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भएका छन् । विमानस्थलमा अध्यागमन जाँचपासमा समेत समस्या परेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार