हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार