बझाङ दुर्घटना : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्रीकी पत्नी र भाउजूको मृत्यु

जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

मंगलबार डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । सु प प्र ०१–००१ झ ४८० नम्बरको उक्त गाडी दुर्घटना हुँदा पुर्णरूपमा क्षतिग्रस्त भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार