कलंकीबाट ६ जना जुवाडे पक्राउ

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने कान्छीमाया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार