स्रोत नखुलेको ४० लाखसहित एक पक्राउ

महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए । साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन् ।

अनटेस्ट मोटरसाइकल चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु ३९ लाख ८० हजार बरामद भएको हो । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार