ओलीको भ्याकेट निवेदन : सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई

सर्वोच्च अदालते नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट दर्ता गराएका थिए । सो भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । उक्त मुद्दामा बहस गरेका अधिवक्ता ईश्वरी भट्टराईका अनुसार दुवै पक्षलाई बोलाउन आदेश दिए पनि अर्को पेशी तोकिएको छैन ।

कर्णाली प्रदेशका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो । यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले उनीहरु ४ जनाको पुनर्वहाली गरेको थियो ।

अदालतको आदेशपछि प्रधानमन्त्री भ्याकेटमा गएपछि ४ प्रदेशसभा सदस्य रिट निवेदक रहेको मुद्दामा उनीहरुलाई सूचना दिनुपर्ने नियमित प्रक्रियाअनुसार यो आदेश जारी भएको सर्वोच्च स्रोतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार