प्रतिनिधि सभामा आज पनि मन्त्रालयगत बजेटमाथि छलफल

संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

आज ४ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन् ।

आज शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार