लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ

लागूऔषधसहित दार्चुलाबाट एक जना पक्राउ परेका छन् । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–१ नानराका ५० वर्षीय कमल कुमार राना लागूऔषध चरेशसहित पक्राउ परेका हुन् ।

रानालाई सात सय ग्राम लागुऔषधसहित दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बाट पक्राउ गरिएको हो ।उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार